आज सहमतीय प्रधानमन्त्रीको टुंगो लाग्ने सम्भावना रहेको एमाले अध्यक्ष झलनाथ खनालको दावी

एमाले अध्यक्ष झलनाथ खनालले आज देशले सहमतीय प्रधानमन्त्री पाउने सम्भावना बढेको बताएका छन् । राष्ट्रपतिसँग भएको दुईघण्टे वार्तापछि बाहिर निस्किएका खनालले आज निकास निस्कने आशा व्यक्त गरे ।
५ औं पटकसम्म म्याद दिंदा पनि प्रमुख दलले सहमतीय प्रधानमन्त्री छान्न नसकेपछि राष्ट्रपति रामवरण यादवले छलफलका लागि आज बिहान बिघटित संबिधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाएका छन् ।
राष्ट्रपतिसँगको भेटबाट बाहिरिंदै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भोलिको बैठकमा सहमतीय सरकार र प्रधानमन्त्रीबारे प्रस्ताव लगिने जानकारी दिए । 
यद्यपि उनले प्रधानमन्त्रीको लागि कसको नाम प्रस्ताव गरिने हो भन्ने खुलाएनन् ।राष्ट्रपतिले दिउँसो २ बजेदेखि ४ बजेसम्म प्रमुख तीन दल र मधेसी मोर्चाका प्रतिनिधिसँग निकासबारे छलफल गरेका थिए ।भारतमा हुने एक कार्यक्रममा सहभागी हुने राष्ट्रपति यादव आज भारत जाने कार्यक्रम छ । 
राष्ट्रपतिले आफू भारत भ्रमण जानुअघि नै सहमतीय प्रधानमन्त्रीको टुंगो लगाउन प्रमुख दलहरुलाई आग्रह गरेको बुझिएको छ ।