प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो सम्मानजनक बहिगर्मन पहिला आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार हुनुपर्ने अडान राखेका छन् ।
छोटो अवधिका लागि आफ्नो नेतृत्वमा कांग्रेस सहभागी भए निर्वाचन गराउने समयमा सुशील कोइरालालाई नेतृत्व हस्तान्तरण गर्न सकिने बताएका हुन । कांग्रेस केन्द्रीय सदस्य गगन थापालाई सोमबार वालुवाटारमा बोलाएर प्रधानमन्त्री भट्टराईले आफ्नो सन्देश पार्टी शीर्ष नेताहरुकोमा पुर्याइदिन आग्रह गरेका हुन् ।
थापाका अनुसार, प्रधानमन्त्रीले वार्ता टोलीमा खटिएका कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मिनेन्द्र रिजालले आफ्नो प्रस्तावलाई गलत ढंगले बुझाउने गरिएको समेत बताएका थिए । जेठ १४ को संविधानसभाको अवसानपछि कांग्रेस/एमालेसहितका विपक्षी दलले प्रधानमन्त्री भट्टराईले बोलाएको बैठक र भेटघाट समेत बहिष्कार गर्दै आएका छन । भट्टराईले आफूलाई निषेध गरेर सहमति हुन नसक्ने समेत बताएका थिए ।
तर कांग्रेस नेता रिजालले भने निर्वाचन नगराउनका लागि षड्यन्त्रमुलुक प्रस्ताव रहेको बताए ।