कांग्रेस सुशील कोइरालाद्वारा आफु घुँडा टेकेर प्रधानमन्त्री नबन्ने स्पष्ट

काठमाडौं, पौष १० । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आपूm घुँडा टेकेर प्रधानमन्त्री नबन्ने बताएका छन् । काठमाडौंको थलीमा आयोजित कांग्रेस क्षेत्रीय सभापतिहरुको भेलाको समापन गर्दै कोइरालाले आफ्ना लागि प्रधानमन्त्रीको पद ठूलो नभएको बताए ।


कार्यक्रममा प्रधानमन्त्री पद पाउनका लागि जीवन भरको आदर्शलाई दाउमा राख्न नसक्ने पनि कोइरालाले स्पष्ट पारे ।


 
भेलालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बाबुराम भट्टराई नेतृत्वको सरकारमा कुनै हालतमा नजाने बताए । वर्तमान सरकारमा जाने कुरा कल्पना बाहिर भएको उनको भनाइ थियो ।


त्यस्तै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बाबुराम सरकारमा सामेल भएर आफ्नो पार्टीले घँुडा नटेक्ने बताए ।
कांग्रेसलाई सरकारको नेतृत्व नदिइए आन्दोलनमा जानुको विकल्प नरहेको देउवाको भनाई थियो ।

 

– RSS