नेपाल बिद्युत प्राधिकरणले बुधबारदेखि लागू हुने गरी १२ घण्टे लोडसेडिङ तालिका सार्वजनिक(तालिकासहित)

नेपाल बिद्युत प्राधिकरणले बुधबारदेखि लागू हुने गरी १२ घण्टे लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले नदीमा पानीको स्तर घटेकाले साविकको तालिका फेर्नुपरेको बताएको हो ।
प्राधिकरणले यसअघि दैनिक १० घण्टा लोडसेडिङ गर्दै आएको थियो । तर, माग धान्न नसक्दा प्राधिकरणले यसअघि पनि अघोषितरुपमा १२ घण्टा लोडसेडिङ गर्दै आएको थियो । प्राधिकरण स्रोतका अनुसार आगामी दिनमा लोडसेडिङ अझैं बढ्न सक्छ ।
बिद्युत चुहावट हुने जिल्लाहरुमा भने दैनिक १२ घण्टा भन्दा बढी नै लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार बिद्युत चुहावट हुने जिल्लामा चुहावटको अवस्था हेरी एकदेखि ६ घण्टासम्म लोडसेडिङ बढाइनेछ । लोडसेडिङ समूह भने साविककै रहने प्राधिकरणले जनाएको छ ।