संघीय लोकतान्त्रिक गणतन्त्रिक गठन्धनले विघठित संविधानसभा पुनःस्थापनाका पक्षमा

संघीय लोकतान्त्रिक गणतन्त्रिक गठन्धनले विघठित संविधानसभा पुनःस्थापनामा चासो देखाएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको गठबन्धनको सचिवालय बैठकले संविधानसभा पुनःस्थापनका लागि छलफल चलाउने निर्णय गरेको छ । त्यसका लागि बुधबार पुनः परामर्श गर्ने एक सदस्यले जानकारी दिए ।
संविधान सभा पुनःस्थापनको विषय सेलाई सकेका बेला पुनः गठबन्धनले त्यसलाई उठाउने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री बाबुराम भट्टराईकै वर्तमान सरकाराई निरन्तरता दिने निर्णय गरेको छ ।