पशु स्वास्थ्य निर्देशनालयको रैपिड रेस्पोन्स टोलीले बर्ड फ्लु फेला पारेको फार्मबाट रातारात सबै कुखुरा गायब गरिएको छ । सञ्चालकले सबै कुखुरा गाडेको बताए पनि त्यसको प्रस्ट आधार भेटिएको छैन । बर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार आफूखुसी त्यस्ता रोगी पन्छी नष्ट गर्न पाइन्न ।
काठमाडौंस्थित श्री मन्जु फिड एन्ड पोल्ट्री इन्डस्टि्रजमा मंगलबार पुगेको विज्ञ टोलीलाई सञ्चालकले कुखुरा देखाउन सकेनन् । फार्ममा करिब २ हजार १ सय ३५ कुखुरा थिए । सर्भिलेन्स गर्ने सरका चिकित्सकको प्रतिवेदनअनुसार अघिल्ला दुई दिनमा क्रमशः पाँच सय र डेढ सय कुखुरा मरेको देखिन्छ । करिब डेढ हजार बर्ड फ्लु लागेका कुखुरा बजार पठाइएको शंका छ ।
निर्देशनालयका प्रवक्ता डा. नारायणप्रसाद घिमिरेका अनुसार अनुगमन गर्दाताका फार्ममा कुखुरा मर्दासमेत धनीले सरका पशु चिकित्सकलाई फार्मभित्र प्रवेश गर्न अवरोध गरेका थिए ।
सञ्चालकले बर्ड फ्लु लागेका कुखुराहरू आफैंले नष्ट गरेको दाबी टोलीसँग गरे पनि त्यसको पुष्टि हुन सकेको छैन । टोलीले साढे १९ हजार अन्डा भने नष्ट गरेको छ । कृषि मन्त्रालय स्रोतले संक्रमित कुखुरा रातारात काठमाडौंको कोल्ड स्टोरहरूमा पठाइएको दाबी गरेको छ । उक्त पोल्ट्री इन्डस्टिजको रामकोट गाविस-६ स्थित फार्म र काठमाडौं नगरपालिका-१३ बाफलस्थित ह्याचमा संक्रमणमुक्त प्रक्रिया अपनाउन दुईवटा टोली खटिएका थिए ।
महानगरपालिकास्थित ह्याचबाट फार्म करिब डेढ किलोमिटर टाढा छ । टोलीका अनुसार फार्ममा उत्पादित अन्डा ह्याचमा राखिन्छ र त्यहाँबाट चल्ला उत्पादन गरेर बजारमा बेचिन्छ । ह्याचले सातामा आठ/नौ हजार चल्ला उत्पादन गर्दै आएको प्रवक्ता घिमिरेले बताए । ह्याचबाट १९ हजार चार सय ४० वटा अन्डा नष्ट गर्नुका साथै संक्रमणमुक्त समेत गरिएको छ । बुधबार पनि यो प्रक्रिया अपनाइने छ ।
‘फार्म धनीले मरेको कुखुरा आफूखुसी फार्ममा खाल्डो खनेर तह लगाएको बताए,’ निर्देशनालयको केन्द्रीय बर्ड फ्लु कन्ट्रोल रूमका एक अधिकाले भने । बर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४ मा ‘कसैले बर्ड फ्लु रोगको शंकास्पद अवस्थामा समेत पशु सेवाको निकायमा खबर नग आफूखुसी पन्छी नष्ट गर्ने/गराउने, खाल्डोमा हाल्ने, बिक्रीवितरण गर्ने/गराउने तथा झूटा विवरण पेस गरेमा क्षतिपूर्ति नपाउने र प्रचलित कानुनबमोजिम कडा कारबाही हुने’ उल्लेख छ ।
‘कुखुरा व्यवसायीले असहयोग मात्र गरेनन्, अरूको स्वास्थ्यमाथि नै खेलबाड गरे,’ डा. घिमिरेले भने, ‘कुखुरा पालकले मरेको कुखुरा गाडेको भनेर बताए पनि यो विश्वसनीय देखिन्नँ ।’ सञ्चालकले चिकित्सकलाई फार्ममा पस्नसमेत नदिएको उनले बताए । ‘बर्ड फ्लु निश्चित भएपछि भोलिपल्ट निर्णय गरेर उक्त स्थलमा प्राविधिक टोली जाँदा एउटा कुखुरासमेत नपाउनु शंकास्पद छ,’ उनले भने ।
फार्ममा पालिएका व्यावसायिक ब्रोइलर प्यारेन्ट कुखुरामा गत बिहीबार बर्ड फ्लु रोगको शंकास्पद अवस्था देखा परेपछि काठमाडौंका जिल्ला पशु सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले संक्रमित स्थलबाट पन्छी, पन्छीजन्य पदार्थ र पन्छी उत्पादन सामग्री ओसारपसार र बिक्री वितरणमा रोक लगाउनुका साथै मौखिक र लिखित जानका गराएर जिल्ला पशु सेवाबाट नियमित सर्भिलेन्स जा राखेको थियो ।
पन्छीजन्य रोग भए पनि यो मान्छेमा सर्ने खतरा छ । मान्छेमा सरे घातक हुने चिकित्सकको भनाइ छ । संक्रमित पन्छीका सम्पूर्ण र्याल, सिँगान र सुलीमा यो भाइरस रहन्छ । यो भाइरस भएको एक ग्राम दूषित सुलीले १० लाख कुखुरा संक्रमित पार्न सक्छ । सुलीसँग टाँसिएको वस्तुहरू ज्ास्तै अन्डा, अन्डाको क्रेट, दानाको बोरा, फार्ममा जाने मानिसको जुत्ता, लुगा, हात तथा सुली टाँसिएको सवा साधनको पांग्रा आदिको माध्यमबाट एक ठाउबाट अर्को ठाउँमा रोग सर्न सक्छ ।
‘मानिसमा ज्वरो आउने, खोकी लाग्ने, घाटी दुख्ने, केहीमा फोक्सोमा गम्भीर असर पर्न गई निमोनिया भएमा रोग घातक हुन्छ’, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जीडि ठाकुरले भने, ‘मासु खाने उपभोक्त भन्दा पनि कुखुरा फार्मका कामदार, मासु विक्रेता, बधशालामा काम गर्नेलाई रोग सर्ने बढी सम्भावना छ ।’