-भीम गौतम
विदेशबाट फर्केकालाई ऋण लिन कठिन रहेको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई दुई लाख रुपियाँ दिने भने पनि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले भने बैंकबाट ऋण दिने र ब्याजबापतको ६० प्रतिशत मात्रै बोर्डले दिने बताएपछि कामका लागि विदेशबाट फर्केका थप समस्यामा परेका हुन् ।
त्यस्तै उदाहरण बनेका छन् दोलखाका हरि श्रेष्ठ । उनले साउदी अरबमा दुई वर्ष काम गरेर ६ महिनाअघि फर्किएका हुन् । विदेश जाँदा लागेको ऋण तिरेर उनले ५० बाख्रा पालनको योजना बनाए पनि सरकारकाले भनेजस्तो ऋण पाएनन् । गाउँमा उत्पादनमूलक क्षेत्रमा काम गर्ने मनस्थिति बनाएका उनी अहिले पुन: साउदी अरब जाने तयारीमा छन् ।