काजखस्तानमा सैनिक विमान दुर्घटना हुँदा वरिष्ठ सैन्य अधिकारीसहित २७ जनाको मृत्यु
पौष ११ गते, २०६९ मा प्रकाशित
काजखस्तानमा एउटा सैनिक विमान दुर्घटना हुँदा वरिष्ठ सैन्य अधिकारीसहित २७ जनाको मृत्यु भएको छ । राजधानी एस्तानाबाट उडेको एन्टोनोभ ए.एन. सेभेन्टी टु विमान दक्षिणी काजखस्तानको शिम्खेन्त शहरमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी काजखस्तानका सीमासुरक्षा बलका कार्यवाहक प्रमुख तुर्गान्बेक स्ताम्बेकोभ सहित २० सैनिक तथा ७ जना चालक दलका सदस्यहरु मारिएका हुन् । शिम्खेन्त शहरमा खराब मौसम भएको बेला विमानस्थलबाट १२ माईल टाढा यो दुर्घटना भएको हो ।
प्रत्यक्षदर्शीहरुले विमान विष्फोटको आवाज सुनेको र घटनास्थल वरपर सैनिकले लगाउने टोपीहरु भेटिएको बताएका छन् । काजखस्तानको नागरिक उड्डयन बोर्डले दुर्घटना भएको पुष्टी गरेपनि दुर्घटनाको कारणबारे केही खुलाएको छैन ।