सामूहिक बलात्कार भएकी भारतीय किशोरी थप उपचारको लागि सिंगापुरमा

सामूहिक बलात्कार भएको लामो समयपछि पनि स्वास्थ्यस्थितिमा सुधार नआएकाले भारतीय किशोरीलाई थप उपचारको लागि सिंगापुर लगिएको छ । भारतको सफदरजंग अस्पतालमा गत डिसेम्बर १६ देखि उपचार गराइरहेकी किशोरीको स्वास्थ्यस्थिति निकै नाजुक रहेको चिकित्सकहरुले जनाएका छन् ।

 

विशेष बिमानबाट सिंगापुर लगिएकी उनको सिंगापुरस्थित माउँन्ट एलिजावेथ अस्पतालमा उपचार गरिनेछ । यता बलात्कारको बिरोधमा उत्रेका प्रदर्शनकारीहरुले प्रदर्शन यथावत राखेका छन् । दोषीलाई मृत्युदण्डको सजायँ घोषणा नभएसम्म प्रदर्शन जारी रहने उनीहरुको दाबी छ । प्रदर्शन नियन्त्रणका लागि सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रदर्शनका क्रममा हालसम्म एक सुरक्षाकर्मीको मृत्यु भइसकेको छ भने थुप्रै घाइते छन् ।

 
उता, भारतकै आसाम राज्यमा एक चिया मालिकको घरमा आगो लगाएर दुई जनालाई जिउँदै जलाएको खबर छ । आक्रोशित सयौं मजुदूरहरुले आगो लगाउँदा घरमा रहेका दुई जनाको मृत्यु भएको हो ।

 

– Agencies