भारतीय राज्य आसामको तिनसुकियाका चिया बगान मजदुरहरुद्धारा आफ्नै मालिक दम्पत्तिलाई आगो लगाई हत्या

भारतीय राज्य आसामको तिनसुकिया जिल्लास्थित कुनापत्थर चिया बगानमा मजदुरहरुले आफ्नै
मालिक दम्पत्तिलाई आगो लगाई हत्या गरेका छन् ।

चिया बगानमा बस्दै आएका केही
मजदुरलाई निवास खाली गर्न बगान प्रशासनले सूचना जारी गरेपछि आक्रोशित बनेका
मजदुरहरुले मालिक दम्पत्तिलाई जलाएका हुन् । बगान प्रशासनसंग मजदुरहरुको दुई हप्ता
लामो विवादपछि बुधबार राती भने मजदुरहरुले बगानका मालिक दम्पत्तिलाई घेरा हालेर आगो
लगाएका थिए ।

करिब ७ सयको संख्यामा गएका मजदुरले बगान मालिकको निवासमा पनि आगजनी
गरेका छन् । प्रहरीले बगानका मालिक मृदुलकुमार भट्टाचार्य र उनकी पत्नी रीताको शव
जलाइएको अवस्थामा फेला पारेको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जना
मजदुरलाई नियन्त्रणमा लिएको छ ।

आसाममा पछिल्ला वर्षहरुमा चिया बगानका प्रशासनमाथि
कामदारहरुको आक्रमणका घटना बढ्दै गएको छ ।

 

– Agencies