पाकिस्तानको पेशावर नजिकका सुरक्षा चेकपोष्टबाट अपहरणमा परेका कम्तिमा २० जना सुरक्षाकर्मीको गोली हानी हत्या गरीएको छ । अतिवादी विद्रोहीहरुले अफगानिस्तानसँग सिमा जोडीएको पेशावर नजिकको जातीय प्रान्तका चेक पोष्टहरुमा आक्रमण गरी थुप्रैलाई बन्धक बनाएका थिए ।
चेकपोष्टबाट बन्धक बनाईएका सुरक्षाकर्मीलाई झण्डै ४ किलोमिटर टाढाको पहाडी ईलाकामा लगेर गोली हानी हत्या गरीएको बताईएको छ । झण्डै दुई सय कट्टरपन्थी लडाकुहरुले पेशावर नजिकका तिनवटा चेक पोष्टमा आक्रमण गरी सम्पुर्ण हात हतियार लुट्नुका सथै सरक्षा क्याम्पमा आगजनी गरेका थिए । पछिल्लो समय उक्त क्षेत्रमा तालीवान विद्रोहीहरुले नियन्त्रण जमाउदै आएका छन् । पेशावरमा एक महिनाभित्र भएको यो तेस्रो तालीवानी हमला हो । यसअघि अमेरीकी सुरक्षा बेस क्याम्प र पेशावर विमानस्थललाई लक्षित गरी गराईएका आत्माघाती विष्फोटमा थुप्रैले ज्यान गुमाईसकेका छन् ।
– Agencies