अशोक राई नेतृत्वमा सामाजिक लोकतान्त्रिक पार्टीको घोषणा

काठमाडौं  – अशोक राई नेतृत्वमा संघीय समाजवादी पार्टी घोषणा भएको एक महिनापछि जनजाति अगुवाहरुको नेतृत्वमा सामाजिक लोकतान्त्रिक पार्टी घोषणा भएको छ ।

राई नेतृत्वमा पार्टी बनाउन एकमत भए पनि सैद्धान्तिक विषयमा कुरा नमिलेपछि अन्तिममा छुटि्टएका चैतन्य सुब्बा, पासाङ शेर्पा, कृष्ण भट्टचन, कुमार राईलगायतले नयाँ पार्टी घोषणा गरेका हुन् । राजधानीको चाबहिलमा आइतबार बिहान कार्यक्रम गरी नयाँ पार्टी घोषणा गरियो ।

नयाँ पार्टीमा ७ सदस्यीय अध्यक्षमण्डल र ५१ सदस्यीय कार्यसमिति छ । अध्यक्षमण्डलमा सुब्बासहित पासाङ शेर्पा, बमकुमारी बुढामगर, कुमार राई, पासाङ शेर्पा, दलमर्दन कार्मी, निमाग्याल्जेन हृयोल्मो र ज्योति दनुबार छन् । उनीहरुले पालैपालो नेतृत्व गर्नेछन् ।

घोषणासभामा दिइएको जानकारी अनुसार ‘संघीयता, बहुराष्ट्रवाद, आदिवासीवाद र सामाजिक न्याय पार्टीको प्रमुख सिद्धान्त हुनेछ । यसअघि बहुल-राष्ट्रियवाद, सामाजिक लोकतन्त्र, आदिवासीवादको विचार तथा सिद्धान्तबाट निर्देशित हुने बताइएको थियो ।

सैद्धान्तिकरुपमा संघीयतामा आदिवासी मुद्दा प्रमुख हुने भए पनि दलित, अल्पसंख्यक वर्गको प्रतिनिधित्व रहने घोषणासभामा जानकारी दिइयो ।

चैतन्य सुब्बाको नेतृत्वमा गत साउनमा नै ‘सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी’ प्रस्ताव गरिएको थियो ।

 

– ekantipur