LIVE: नव वर्ष सन २०१३ को विश्वभर भव्य स्वागत

 

 





 

नयाँ बर्षको आगमनसंगै अमेरिकामा भारी खर्च कटौतीका साथै करबृद्धी लागू गरिने

 

नयाँ बर्षको आगमनसंगै अमेरिकामा भारी खर्च कटौतीका साथै करबृद्धी लागू गरिने निश्चित प्राय भएको छ ।

 

खर्च कटौती र करमा भएको बृद्धीका बारेमा अमेरिकी काँग्रेसमा भइरहेको मतभेदकाबीच यसलाई नियन्त्रण गर्ने प्रयासमा रिपब्लिकन पार्टी लागी परेको छ ।

 

यता अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका सदस्यहरुलाई बिबादास्पद यी दुई मुद्दामा सहमती जनाउन फेरी पनि आग्रह गर्नुभएको छ ।

 

राष्ट्रपति ओबामा खर्च कटौती र करमा बृद्धी गर्ने पक्षमा हुनुहुन्छ भने यो प्रस्ताव पास भएमा मध्यम वर्गिय अमेरीकी जनताको दैनीकी निकै कष्टकर हुने रिपब्लिकन पार्टीको तर्क छ ।

 

सन् २०११ को शुरुदेखि बिबादास्पद बनेको यो मुद्दा एक बर्षसम्म यथावत रहेको थियो । फिस्कल क्लिफ भनिएको यो मुद्धा पार लगाउन राष्ट्रपति ओवामालाई निकै हम्मे परेको छ ।

खर्च कटौती र करको दर बढाउने यो प्रस्ताव पास नभए अमेरीकामा फेरी आर्थीक मन्दी सुरु हुने आँकलन गरिएको छ ।

 

– Agencies