******
नव वर्ष फुलोस फलोस मेरो शुभकामना
वैरभाव र विरोध ढलोस मेरो शुभकामना
दिदीबहिनी,दाजुभाइ,देश र विदेश सबमा
सदभावको दीप बलोस मेरो शुभकामना
रातो दिनको खिचातानी,छल र बेइमानी
खरानी भै छिट्टै जलोस मेरो शुभकामना
हाम्रो शान र अस्तित्वमा धावा बोल्न खोज्ने
लुटाहारको मस्तक गलोस मेरो शुभकामना
सयौँ थुँगा फूलको माला सजाइ नेपालको
उन्नतिमा पाइला चलोस मेरो शुभकामना
दिदीबहिनी,दाजुभाइ,मित्रगण तथा आफन्तजनहरुमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु l – कोमल भट्ट,अमेरिका