काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले महिलाको सुरक्षा, मर्यादा र बाँच्न पाउने अधिकार समेतको हनन् भईरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महिलामाथि हुने आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानूनको दायरामा ल्याई कारबाही गर्न र पीडित परिवारलाई राहत, क्षतिपूर्ति र परिपूरणको तत्काल व्यवस्था गर्न आयोगले आग्रह गरेको छ ।
महिला विरुद्ध भईरहेका हिंसा रोकथाम गर्न र समयमै न्याय दिलाउन द्रूत न्याय