भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेसको स्वास्थ्यस्थिति चिन्ताजनक

भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेसको स्वास्थ्यस्थिति जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले यस्तो बताएलगत्तै भेनेजुयली उपराष्ट्रपति निकोलस मदुराले क्युवाको एक टेलिभिजनमार्फत् चाभेजको अवस्था चिन्ताजनक रहेको स्वीकारेका छन् ।

 

क्यान्सरको शल्यक्रिया लगत्तै चाभेजको स्वास्थ्यमा सुधार आएपनि फेसर स्थिति नाजुक बनेको उनले बताए । गत डिसेम्बर ११ मा चौथौ पटक शल्यक्रिया गरेका चाभेजको स्वासप्रस्वासमा संक्रमण देखिँदा अवस्था नाजुक बनेको चिकित्सकहरुले बताएका हुन् ।

 

सन् १९९९ देखि भेनेजुयलाको सत्ता सम्हालेका चाभेज गत अक्टोबरमा राष्ट्रपतिमा फेरि निर्वाचित भएका थिए । आगामी जनवरीमा नयाँ कार्यकालका लागि राष्ट्रपति पदको शपथ लिने तयारीमा रहेका चाभेजको स्वास्थ्य स्थिति बिग्रिएकाले शपथबारे अन्योल बढेको छ ।

 

– Agencies