स्याफ्रुबेसी, रसुवा – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनबाट सरकारलाई हटाउने चेतावनी दिएका छन् । उनले देशलाई निकास दिन प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिए उनलाई आन्दोलनबाट हटाईने बताए ।
सोमबार साँझ स्याफ्रुबेसीको जिल्ला सम्मेलनमा उनले अब आन्दोलनको विकल्प नभएको उल्लेख गरे ।