हुण्डी कारोबार : गुम्दै राजश्व


– मनोज कुमार डाँगी

( एन.आर.एन कोरिया )

 

बिदेशमा कमाएको पैशालाई आफ्नो देशमा पठाउने गैर कानूनी प्रक्रियालाई हुण्डी भनिन्छ सिधा र्अथमा । बैदेसिक रोजगारको आर्कषक गन्तब्य मानिने दक्षिण कोरियाबाट हुण्डी कारोबारको बारेमा सबैलाई जानकारी भएकै बिषय हो । राष्ट्रका शिक्षित युवाहरुलाई श्रम गर्न कोरिया पठाए पनि रिमिट्यान्स भित्र्याउने सरकारको कुनै योजना नहुँदा हुण्डी कारोबारबाट बार्षिक ३४ करोड २० लाख यूयस डलर तेस्रो देशका कालाबजारीको हातमा पुगिरहेको छ ।
 
१९९० को दशक बाट दक्षिण कोरियामा शुरु भएको नेपालीहरुको नगन्य उपस्थिति २०१२ को अन्त्य सम्म आईपुग्दा करिब १९,००० हजारको हाराहारीमा पुगेकोछ । यसरी आउनेहरुमा बिद्यार्थीहरु, बिभिन्न क्षेत्रमा लगानी गर्ने ब्यावसायीहरु, कामदारहरु(साना तथा मझौला कारखाना, कृषी, मत्स्यपालन र तालीमको रुपमा) र बैबाहिक भिषामा रहेको पाइन्छ । सन २००७ मा नेपाल सरकार र कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली इपियस लागू हुनु अगाडी लुम्बिनी ओभरसिज मार्फत प्रशिक्षार्थी भिषामा कोरिया पठाइन्थ्यो । त्यस बेला पनि कोरिया जानु अघि १०० रुपैयाँमा हिमालय बैंकमा खाता खोलेर पठाउन सकिने ब्यवस्था थियो । हिमालय बैंकले नेपाल पैशा पठाउन कोरियाको कुक्मिन बैंकसँग सम्झौता गरेको थियो तर पनि धेरै नेपालीहरुले हुण्डी र्माफत नै पैशा नेपाल पठाउने गरेका थिए । त्यसताका तलब थापेको पहिलो बिदाको दिन सउलको यङ्गदम्फो यकमा हुण्डीको कारोबार गरेका नेपालीहरु पैशाको भाउ मोलमोलाई गरिरहेका भेटिन्थे । यसरि धेरै मोलमोलाई हुँनाले उक्त ठाउँ दलाल चोकको नामबाट प्रख्यात थियो । त्यसबेला बैंकबाट पैश पठाउनका लागि बैंकमा खाता खोल्न भाषाको समस्या र सार्बजनिक बिदाको दिन बैंक पनि बन्द हुँदा बैकबाट पैशा पठाउन निकै कठिन थियो । तर हालका दिनमा भने बिदेशीहरुलाई लक्षित गरेर र्साबजनिक बिदाको दिन कोरियाका कतिपय बैंकहरु खुल्ला हुनुको साथै भाषाको समस्यालाई मध्यनजर गरेर नेपाली र्कमचारी पनि र्कायरत छन् । नेपालको नबिल बैंक, सिद्धार्थ बैंक र कोरियाको केइबि बैंकले नेपाली श्रमिकहरुलाई लक्षित गरेर कानूनीरुपमा इजी खाता र्माफत नेपाल पैसा पठाउन धेरैलाई राहात मिलेको छ । जसले र्गदा दु:ख गरेर कमाएको पैशालाई कानुनी रुपमा नेपाल बठाउन सहज भएको हो ।

       हुण्डीको कारोबार गर्दा यसले ब्यक्ति र राष्ट्रलाई के फाईदा पु