भारतको नयां दिल्लीमा सामुहिक बलात्कारमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुको सुनुवाई शुरु

 भारतको नयां दिल्लीमा बसमा किशोरीको सामुहिक बलात्कारमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुको मुद्धामा अदालतमा आजदेखि सुनुवाई शुरु भएको छ ।

 

राजधानी दिल्लीमा केही दिन अघि सामुहिक बलात्कार र कुटपीटमा घाईते भएकी ती युवतीको सिंगापुरमा उपचारको क्रममा निधन भएको थियो । घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका ६ जना विरुद्ध भारतीय साकेट अदालतमा आजदेखि सुनुवाई शुरु भएको हो ।

 

छ जना अभियुक्तहरुमध्ये एक जना नाबालिग पनि रहेका छन् । ५ जना अभियुक्तहरुलाई भारतको तिहाड जेलमा राखिएको छ भने नाबालिग सुधारगृहमा छन् । अदालतको सुनुवाईलाई ध्यानमा राख्दै भारतभर सुरक्षाब्यबस्था कडा पारिएको छ । यता अभियुक्तहरुलाई फाँसी दिनुपर्ने माग गर्दै हजारौ भारतीय नागरिकहरुले आज पनि नयाँ दिल्लीलगायतका शहरहरुमा प्रदर्शन जारी राखेका छन् ।

 

महिला हिंसा बन्द हुनुपर्ने, बलात्कारीलाई फाँसी दिनुपर्ने र कानुनमा सुधार गर्नुपर्ने माग उनीहरुको छ ।

 

– Agencies