सिरियामा २०११ मा शुरु भएको विद्रोहमा अहिलेसम्म ६० हजारभन्दा बढी व्यक्ति मारिए

सिरियामा २०११ मा शुरु भएको विद्रोहमा अहिलेसम्म ६० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । संयुक्त राष्ट्र संघका अनुसार गत नोभेम्बरसम्म मात्रै सिरियाली हिंसामा ५९ हजार ६ सय ४८ हजार व्यक्ति मारिएका हुन् ।

 

विभिन्न सात स्रोतका आधारमा राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त नवी पिल्लेले सार्वजनिक गरेको तथ्यांक दुनीञालाई नै आश्चर्यमा पार्ने भएको बताइएको छ ।

 

सिरियाली विद्रोहीहरुले नै करिब ४५ हजार मारिएको हुनसक्ने बताइरहेका बेला यस्तो तथ्य बाहिर आएको हो । यो अनुसन्धान सरकारी र विद्रोही दुबै पक्षको सहायताबाट तयार गरिएको जनाइएको छ । बेनेटेक रिसर्च ग्रुपले गरेको अनुसन्धानमा करिब डेढ लाख रिपोर्टको अध्ययन गरेको बताइएको छ । सबैभन्दा बढी दमस्कसको ग्रामीण क्षेत्र र होम्स शहरमा नागरिक मारिएका थिए ।


अर्कातिर राजधानी दमस्कसमा अहिलेसम्म कै खतरनाक मानिएको विष्फोटमा ७० जनाभन्दा बढी मारिएको आशंका गरिएको छ । सिरियाका शासक बशर अल असदको शासनविरुद्ध २०११ को फेब्रुअरी महिनादेखि जनताले विद्रोह थालेका थिए ।

 

– Agencies