एमाले वैठकद्धारा निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रपतिले कदम चाल्नुपर्ने निर्णय

काठमाडौं  । नेकपा एमालेको स्थायी कमिटी वैठकले निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रपतिले कदम चाल्नुपर्ने निर्णय गरेको छ ।

 

आज दिउँसो बसेको एमाले स्थायी कमिटी वैठकले गैरदलीय ब्यक्तिको नेतृत्वमा सरकार बनाउने प्रधानमन्त्री बाबुराम भट्टराइको प्रस्ताव औचित्यहीन रहेको निष्कर्ष पनि निकालेको छ ।

 

यसैबीच, एमाले र एकीकृत माओवादीका नेताहरुबीच पनि आजै छलफल भएको छ । छलफलमा एमाओवादीले स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने विषयमा चलाईएको छलफलबारे एमाले नेताहरुलाई जानकारी गराएका थिए ।

 

 तर एमाले नेताहरुले स्वतन्त्र ब्यक्तिले नेतृत्व गर्ने सरकारले निर्वाचन गर्नै नसक्ने भन्दै त्यसलाई अस्वीकार गरेको जनाइएको छ ।

 

RSS