सन्धिखर्कको गाँउ परिसद शुरु

-प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम रहेको सन्धिखर्क गाबिसको १७ औ गाँउ परिसद शुरु भएको छ ।

 



गाउ परिसदको उद्घाटन समारोहमा मन्तब्य राख्ने बक्ताहरुले गाविसको वाडको बस्ती बस्तीमा पुगेर वडा नागरिक मञ्चबाट आएका योजनालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नु पर्ने बताएका छन ।

 


 

उनीहरुले शिर्षक अनुसारनै बिनियोजन भएको बजेट लक्षित बर्गमा पुराउनु पर्नेमा जोड दिदै सन्धिखर्कलाई जिल्लाकै नमुना बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा गाविसको ७९ लाख बराबरको अनुमानित आयब्यय गाविस सचिब जीबनारायण आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

 


 

कार्यक्रममा स्थानीय बिकास अधिकारी हेमराज भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनाल, एकिकृत नेकपा माओबादीका जिल्ला संयोजक गोबिन्द प्रकास केसी, नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का, एमालेका जिल्ला सचिबालय सदस्य रामचन्द्र पोख्रेल, नेकपा माओबादीका जिल्ला इनचार्ज भेसराज भुसाल, राजमोका गाबिन्द बिसी, सन्धिखर्क गाविसका पाटी प्रतिनिधिको तर्फबाट  रामबहादुर रायमाझि लगायतले मन्तब्य राखेका थिए ।

 


 

कार्यक्रम सन्धिखर्क गाविसका सचिब जीबनारायण आचार्यको अध्यक्षता र नारायण पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

 



Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु