तालीवान बिद्रोहीको गोली लागी घाइते भएर बेलायतमा उपचार गराईरहेकी पाकिस्तानी किशोरी मलाला युुसुफजाईको टाउकोको पुन शल्यक्रिया हुने भएको छ ।
बेलायतको एलिजाबेथ अस्पतालमा उपचार गराईरहेकी उनको टाउकोको पुन शल्यक्रिया गरिने बेलायती चिकित्सकहरुले जनाएका छन् । गत अक्टोबरमा कलेजबाट फर्कंदै गरेकी मलालामाथि तालीवानी बिद्रोहीले गोली प्रहार गरेका थिए । टाउकोमा गोली लागेकी मलालाको पाकिस्तान अस्पतालमा नै गोली निकालिएको थियो भने बेलायतमा हुन लागेको उनको यो दोश्रो शल्यक्रिया हो ।
धर्मनिरपेक्षतालाई प्रोत्साहन दिने अभियान चलाएको आरोपमा उनीमाथि गोली हानिएको भन्दै तालिवान बिद्रोहीले मलालालाई फेरि आक्रमण गर्ने धम्की दिंदै आएको छ ।
– AGENCIES