अमेरिकी नागरिकलाई कर छल्न सघाएको आरोपमा स्वीजरल्याण्डको पुरानो मध्येको एक बैंक सधैका लागि बन्द हुने भएको छ । अमेरिकी अदालतले कर छल्न सघाएको आरोपमा दोषी ठहर गरेपछि बैंक सधैका लागि बन्न हुने भएको हो ।
सन् १७४१ मा स्थापना भएको वेगेलिन नामक बैंकले अमेरिकी अदालतको झण्डै ५८ विलियन डलर जरिवाना स्वीकार गर्दै बन्दको घोषणा गरेको जनाइएको छ ।
अमेरिकी अदालतले सो बैंकले झण्डै एकसय अमेरिकीलाई १ दशमलव २ बिलियन डलर लुकाउन सहयोग गरेको अभियोग प्रमाणित गर्दै दोषी ठहर गरेको हो ।