भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको स्वास्थ्य अवस्था थप नाजुक बन्दै

भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको उनको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । क्यान्सरबाट पीडित चाभेजले अहिले क्युवामा उपचार गराईरहेका छन् ।


चार पटक क्यान्सरको शल्यक्रिया गराईसकेका चाभेजको पछिल्लो समय फोक्सोमा पनि संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।


चाभेजको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनको स्वास्थ्य लाभको कामना गर्दै भेनेजुएलामा हजारौ जनताले प्राथना गरिरहेका छन् । चाभेज गत महिना मात्रै दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए । उनले यसै महिना सपथ लिने कार्यक्रम छ ।
 

– एजेन्सी