काठमाडौं । नेकपा-माओवादीका कार्यकर्ताले चन्दा नदिएको भन्दै राजधानीको तिनकुनेमा रहेको नेपाल डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड (एनडेक्स) तोडफोड गरेका छन् । तिनकुनेस्थित कर्पोरेट टावरको सातौं तलामा रहेको लिमिटेडको कार्यलयमा शुक्रबार बिहान करिव ११ बजेतिर आएका १० जनाको समूहले कार्यालय तोडफोड गरेका हुन् ।
माओवादीले आउदो पौष २६ गते देखि हुन लागेको महाधिवेशनको लागि एनडेक्स सँग २५ लाख रुपैयाँ चन्दा मागेको थियो । तर, कम्पनीले चन्दा नदिएपछि कार्यालय तोडफोड गरिएको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रधानले बताए ।
तोडफोड गरेर उनीहरुले कम्प्युटर, फर्निचर, ढोकाहरु लगायत भौतिक पूर्वाधारमा क्षति पु