पूर्व राजा ज्ञानेन्द्र शाह महिला हिंसाप्रति चिन्तित

पूर्व राजा ज्ञानेन्द्र शाहले महिला हिंसाप्रति चिन्ता जनाएका छन् । उनले मुलुक भरि भएका हिंसाका घटनाले आफूलाई दुःख लागेको बताए ।
झण्डै एक महिना लामो सिंगापुर बसाई पछि आज स्वदेश फिर्ता भएका उनले महिला हिंसा निन्दनीय रहेको टिप्पणी गरे । त्रिभुवन विमान स्थलमा सञ्चारकर्मीसँग कुरागर्दै उनले महिला हिंसाको विषयले चाँडै टुंगो पाउनु पर्ने बताए ।