अमेरिकाको कोलोराडो शहरमा गोलीबारी, ४ जनाको मृत्यु

अमेरिकाको कोलोराडो शहरमा एक घरभित्र भएको गोलीबारीमा ४ जनाको मृत्यु भएको छ । कोलोराडो राज्यको डेन्भर शहरनजिकको एउटा घरमा गोलीबारीको आवाज सुनिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।


घरभित्र बन्दुकधारी रहेको थाहा पाएपछि प्रहरी घटनास्थलमा पुगेको हो । पाँच घण्टाको प्रयासपछि प्रहरी घरभित्र प्रवेश गर्दा ४ जनालाई मृत अवस्थामा फेला पारिएको जनाइएको छ । बन्दुकधारीले दुई पुरुष र एक महिलाको गोली हानी हत्या गरेको र घटनास्थलमा प्रहरी पुगेपछि आफैलाई गोली हानी आत्महत्या गरेको आशंका छ ।


गोलीबारीको कारणबारे केही थाहा हुन नसकेपनि यो घटनाले अमेरीकामा सर्वसाधारण नागरिकले बन्दुक राख्न पाउने कि नपाउने भन्ने विवादलाई फेरि तताउने अनुमान गरिएको छ ।


कोलोराडो राज्यको सोही शहरमा रहेको एउटा सिनेमा घरमा गत जुलाई माहिनमा एक बन्दुकधारीले अन्दाधुन्ध गोली चलाँउदा १२ जनाको ज्यान गएको थियो ।

 

– 
  एजेन्सी