काठमाडौं । राजधानी काठमाण्डौं लगायत देशैभर चिसो वढ्दा जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरु शीतलहरको चपेटामा पर्दा पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । राजधानी काठमाडौंमा पनि यसपटक तापक्रम माइनसमा झर्ने मौसमविद्हरुको अनुमान छ ।
काठमाण्डौंमा हिजो तापक्रम शून्य डिग्री सेल्यिसमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो विहान पौने नौ बजे राजधानीमा शून्य दशमलव ७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ ।
हिमाली जिल्लाहरु जुम्ला, मुस्ताङलगायत जिल्लामा माइनस ८ दशमलव७, जोमसोमा माइनस ०.दशमलव ५ डिग्री तापक्रम रेकर्ड भयो । गत वर्षको जनवरीमा राजधानीको तापक्रम शून्य डिग्रीमा झरेको थियो ।
सन् १९७८ को जनवरी ११ मा राजधानीको तापक्रम माइनस ३.दशमलव ५ डिग्रीमा झरेको थियो । यो वर्षको जाडो सिजनमा पानी परेको छैन । सुदूरपश्चिमको पहाडी भागमा डिसेम्बर दोस्रो साता हल्का हिमपातसहित पानी परेको थियो ।