भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमा एकजना पाकिस्तानी सैनिक मारिए, थुप्रै घाइते

भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमापरी एकजना पाकिस्तानी सैनिक मारिएका छन् । कारबाहीमा थुप्रै पाकिस्तानी सैनिक घाइते भएका छन् । काश्मिरको हाजिपीर क्षेत्रमा रहेको सवान पात्रा पाकिस्तानी सैनिक मुख्यालयमा भारतीय सुरक्षाकर्मीले आक्रमणमा गर्दा पाकिस्तानी सैनिक मारिएका हुन् ।


भारतीय सुरक्षाकर्मीको आक्रमणपछि पाकिस्तानी सेनाले प्रतिकार गर्दा केहीबेर भिडन्त भएको थियो । काश्मिरमाथि भारत र पाकिस्तानले बर्षौदेखि दाबी गर्दै आइरहेको छ ।


भारतीय सुरक्षाकर्मीको आक्रमणमा पाकिस्तानी सैनिक मारिएपछि मुम्बई आक्रमणपछि चिसिएर सुधार हुन खोज्दै गरेको दुई देशबीचको सम्बन्धबारे फेरि प्रश्नचिह्न उठेको छ ।

 

– एजेन्सी