कोलम्बियाका लागि होण्डुरसका राजदूतलाई क्रिसमस पार्टीमा यौनकर्मी महिलालाई बोलाएको अभियोगमा पदबाट बर्खास्त

कोलम्बियाका लागि होण्डुरसका राजदूत कार्लोस रोड्रिग्वेजलाई क्रिसमस पार्टीमा दुई यौनकर्मी महिलालाई बोलाएको अभियोगमा पदबाट बर्खास्त गरिएको छ ।

 

होण्डुरसको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी कोलम्बियासंगको सम्बन्धमा दरार आउन नदिन राजदूत रोड्रिग्वेजलाई राजीनामा दिन भनेको जनाएको छ ।

 

 गत डिसेम्बर २० मा कोलम्बियाको राजधानी बोगोटोस्थित होण्डुरसको दूताबासमा दिइएको पार्टीमा दुई जना यौनकर्मी महिला बोलाइएको घटनाबारे अहिले अनुसन्धान भैरहेको छ । ती यौनकर्मीमाथि दूतावासको ल्यापटप, कम्प्युटर, मोबाइल लगायतका सामग्री चोरेका आरोप लगाइएको छ ।

 

 घटनाबारे छानविन गर्न होण्डुरसमा अनुसन्धान कमिटी गठन गरिएको छ भने कोलम्बियामा पनि ती यौनकर्मीहरुको खोजी भईरहेको बताइएको छ । राजदूत रोड्रिग्वेज नजिकका एक कर्मचारीले पार्टीको व्यबस्थापन गरेको र ती यौनकर्मीलाई बोलाएको आरोप छ । उनीहरुलाई दुतावासकै सवारीबाट पार्टीमा ल्याइएको पनि बताइन्छ । पार्टीमा राजदुत रोड्रिग्वेजको सहभागिता रहे नरहेको भने स्पष्ट भैनसकेको बताइएको छ ।

 

– Agencies