लुम्बिनी भ्रमण बर्ष सकियो, २०१२ मा साढें ७ लाखद्धारा लुम्बिनी अबलोकन

लुम्बिनी  । बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र लुम्बिनीको बृहत्तर बिकास संगै शान्ती भुमि नेपाललाई बिश्वमाझ चिनाउन घोषणा गरिएको लुम्बिनी भ्रमण बर्ष २०१२ मा साढें ७ लाखले लुम्बिनी अबलोकन गरेका छन् । औपचारिक रुपमा आगामि जनवरी १५ भित्र समापन गर्ने कोषको योजना भएपनि लुम्बिनी भ्रमण बर्ष सकिएको छ । गत बर्ष पुस ३० गते औपचारिक रुपमा घोषणा गरिएको लुम्बिनी भ्रमण बर्ष २०१२ पुर्ण रुपमा सफल भएको लुम्बिनी बिकास कोषको दाबी ।



अभियानले बिश्वमाझ लुम्बिनीलाई चिनाउन महत्वपुर्ण योगदान पुर्याएको पनि कोषले दावी गरेको छ । १० लाख पर्यटक भित्र्याउने उद्घोषका साथ शुरु गरिएको भ्रमण बर्षभर कूल ७ लाख ५८ हजार ७ सय ६९ जना पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । यस मध्ये ५ लाख ९ हजार ७३ आन्तरिक पर्यटक हुन् ।



१ लाख ३६ हजार तेस्रो मुलुकका र १ लाख १३ हजार १ सय ९५ जना भारतिय पर्यटकले लुम्बिनी भ्रमण गरेको सुचना अधिकृत हरिध्वज राईले जानकारी दिनुभयो । यो गत बर्षको भन्दा १ लाख ७० हजार ७ सय ३१ ले बढी रहेको बताइएको छ । भारत, चीन, कोरिया लगाएतका केहि देशका शैक्षिक पाठ्यक्रममा भगवान गौतम बुद्ध भारतमा जन्मीएका हुन् भन्ने थियो । यो भ्रमण बर्षले यो पाठ्यक्रमलाई सच्चाएर बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन भनेर राख्न सफल भएको पनि अधिकृत राईको दाबी छ ।

 

– RSS