अर्घाखाँचीमा अधारभुत पत्रकारिता तथा रेडियो उदघोषण तालिम

– प्रेमनारायण आचार्य 
प्रेस चौतारी नेपाल अर्घाखाँचीको अयोजनामा एक हप्ते अधारभुत पत्रकारिता तथा रेडियो उदघोषण तालिम आज देखि सन्धिखर्कमा सुरु भएको छ । 
तालिमको उद्घाटन समारोहमा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष दुर्गाप्रसाद शर्माले पछिल्लो समयमा बिभिन्न समुह दलहरुबाट पत्रकारमाथी भएको ठाडो हस्तक्षेपले स्वतन्त्र पत्रकारीतामा असर पुगेको बताउनु भयो ।
कार्यक्रममा बरिष्ठ पत्रकार डि.आर. घिमिरेले जब सम्म प्रेस स्वतन्त्र हुदैन तब सम्म लोकतन्त्रको संस्थागत बिकास हुन नसकेको बताउदै राजनितिक आस्थाको आधारमा भन्दा पनि पत्रकारको हक र अधिकारका निम्ती सम्पूर्ण  पत्रकारहरु एकजुट हुनु पर्ने बताउनु भयो । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भर्ुर्तेलले पत्रकारहरुले सतय तथ्य मा ध्यान दिइ पधकार आचारसंहितामा रहेर कलम चलाइ समाजको आखा देखाउनु पर्ने बताउनु भयो । 
कार्यक्रममा  एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, निबर्तमान अध्यक्ष नीमबहादुर रिजाल लगायतले मन्तब्य राखेका थिए ।
पत्रकारीता तर्फबढ्दै गैरहेको आकर्षालाइ ध्यानमा राखी ब्यबसायीक पत्रकारीताको बिकास गर्न तालिमको आयोजना गरिएको प्रेस चौतारी अर्घाखाँचीकी अध्यक्ष पार्बता श्रेष्ठले बताउनु भयो ।
कार्यक्रम नारायण भुसालको संचालनमा सम्पन्न भएको हो । ३५ जनाको सहभागीतथा रहेको तालिमको सहजीकरण बरिष्ठ पत्रकार डि.आर. घिमिरे, दुर्गाप्रसाद शर्मा लगायतले प्रशिक्षण दिने प्रेस चौतारीले जनाएको छ । 
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु