राजनीतिक गतिरोधको अन्त्य गर्दै सहमतिय सरकार निर्माणका लागि राष्ट्रपति डा. रामवरण यादवले दिएको पछिल्लो पटकको समयसीमा पनि आज सकिँदै

राजनीतिक गतिरोधको अन्त्य गर्दै सहमतिय सरकार निर्माणका लागि राष्ट्रपति डा. रामवरण यादवले दिएको पछिल्लो पटकको समयसीमा पनि आज सकिँदै
राजनीतिक गतिरोधको अन्त्य गर्दै सहमतिय सरकार निर्माणका लागि राष्ट्रपति डा. रामवरण यादवले दिएको पछिल्लो पटकको समयसीमा पनि आज सकिँदैछ । पटक पटक गरी आठौं चोटी पाएको समयसीमा पनि दलहरुले औपचारिक छलफलनै नगरी गुजारेका छन् ।
यसअघि सातौ पटकको समय सकिदा दलहरुले अबको ५ दिन समयमा सहमति गर्ने प्रतिवद्धता जनाएका थिए । तर यो समयमा पनि दलहरुले उपलब्धिमूलक ढंगले कुनै छलफल नगरेका कारण ५ दिनको समय व्यर्थ भएको छ । दलहरुले सहमति गर्न नसकिेपछि राष्ट्रपति यादवले भने विभिन्न दलका नेताहरुसँगको छलफललाई तिब्रता दिनुभएको छ । राष्ट्रपतिले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाललगायत अन्य दलका शीर्ष नेताहरुसँग छलफल गरी निकासको बाटो केहो भनेर सोध्नुका साथै चाँडो सहमति गरी निकास निकाल्न सुझाव दिनुभएको थियो ।
उहाँले आज पनि छलफललाई निरन्तरता दिने तयारी गर्नुभएको छ । आज दलहरुसँग एकल परामर्श गर्ने र दलहरुले बेलुकासम्म सहमति जुटाउन नसके भोलि सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको उहाँका कानुनी सल्लाहाकार सूर्य ढुङ्गेलले जानकारी दिनुभयो । दलहरू आ-आफ्नै अडानमा कायमै रहेपछि सहमतिको सम्भावना न्युन बन्दै गएको छ ।