दलहरुबीच सहमती हुन नसक्दा निर्वाचन आयोग वुधवारदेखि खाली भएको छ ।
आयोगमा बाँकी दुई आयुक्तहरु दोलखबहादुर गुरुङ र डाक्टर अयोधीप्रसाद यादवले अनिवार्य अवकास लिएपछि आयोग पदाधिकारी विहिन भएको हो ।
आयोगमा पदाधिकारी नभएको र तत्काल दलहरुबीच सहमती भएर नयाँ आयुक्तहरुको नियुक्ति हुने बलियो आधार नभएकाले अव बैशाखमा चुनाव नहुने लगभग पक्का भएको छ । आयोगले बैशाखमा चुनाव गर्न नसक्ने सरकारलाई जानकारी पनि गराइसकेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ र आयुक्त डाक्टर अयोधीप्रसाद यादवले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई उहाँकै कार्यकक्ष सिंहदरबारमा भेटेर आवश्यक ऐन कानुनको अभावमा चुनाव हुन नसक्ने जानकारी गराउनुभएको थियो । आयोगका अरु तीन जना पदाधिकारीको पदावधि यसअघि नै सकिएको थियो ।