पार्टीको महाधिवेसनको तयारीका बारेमा छलफल गर्न एकीकृत नेकपा माओवादीको महाधिवेसन आयोजक समितिको बैठक आज पनि बस्दैछ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार गर्नुभएको प्रतिवेदनमाथि आज पनि छलफल जारी रहनेछ । बिहीबार सुरु भएको महाधिवेसन आयोजक समितिको बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक संकट, पार्टी विभाजनपछिको अवस्था र भावी रणनीतिसहितको प्रतिवेदन तयार गरी बैठकमा पेस गर्नुभएको थियो ।
प्रतिवेदनमा छलफल गरेर त्यसलाई थप संसोधन गर्न सकिने विषयमा सदस्यहरुले सुझाव दिने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा अहिलेको राजनीतिक संकट समाधानका विषयमा पनि छलफल हुनेछ ।