डेकेन्द्र हत्या

– मोहनविक्रम सिंह

अहिले देशको राजनीतिमा डेकेन्द्रराज हत्या�काण्ड र कुमार लामाको गिरफ्तारी बारे बढी चर्चा र परिचर्चा भइरहेको छ । सशस्त्र द्वन्द्वको कालमा कपिलवस्तुको गोरुसिंगेमा हिरासतमा रहेको बन्दीलाई यातना दिएको आरोपमा कर्णेल कुमार लामा गिरफ्तार भएका छन् । पत्रकार डेकेन्द्रराजलाई ८ वर्ष पहिले माओवादीहरुले हत्या गरेका थिए । अहिले स्वयं त्यो काण्डमा संलग्न माओवादीहरुको बयानबाट उनलाई पहिले गम्भीर प्रकारको यातना दिएपछि ज्यूँदै गाडिएको समाचार प्राप्त भएको छ । 

उक्त दुवै घटनाहरुको सन्दर्भमा बाहिर देखापरेका प्रतिक्रियाहरु बारे केही विचार गर्नुपर्ने आवश्यकता छ । सरकार र अन्य कतिपय प्रमुख राजनीतिक शक्तिहरुले बेलायतमा कुमार लामाको गिरफ्तारीको विरोध गरेका छन् । त्यो कार्यलाई उनीहरुले नेपालको स्वतन्त्रता र सार्वभौमिकताका विरुद्ध बताएका छन् र उनको शीघ्र रिहाईको माग गरेका छन् । तर ने.क.पा. (मसाल) ले त्यो घटनाको दोस्रो दिन नै अर्थात् २०६९�९�२१ गते वक्तव्य जारी गरेर कुमार लामाको गिरफ्तारीलाई समर्थन गर्दै उनले गरेको मानव अधिकारको विरुद्ध उनीमाथि कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिएको थियो । त्यस सिलसिलामा हामीले यो कुरामा पनि जोड दिएका थियौं कि सरकारले द्वन्द्वकालका वा त्यसपछि पनि माओवादीहरुले गरेका अपराधजन्य कार्यहरुसित सम्बन्धित मुद्दा फिर्ता लिन गरेका निर्णयहरुलाई समेत खारेज गरेर ती मुद्दाहरुबारे पुनः पनि कारवाही गरिनु पर्दछ ।

डेकेन्द्रराजको हत्यामा संलग्न व्यक्तिहरुलाई ढिलै भएपनि गिरफ्तार गरिएको कुराको आमरुपमा स्वागत गरिएको छ । गोरुसिंगेमा सेनाद्वारा हिरासतमा दिइएको यातना वा डेकेन्द्रराजको हत्या≤ एकातिर, तात्कालिक सत्ता पक्षले अपनाएका दमनकारी कार्यहरु र, अर्कातिर, माओवादीहरुका सामाजिक फासिवादी प्रकारका कार्यप्रणालीका एकाध उदाहरणहरु मात्र हुन् । दुवै पक्षहरुद्वारा ठूलो पैमानामा त्यस प्रकारका कार्यहरु गरिएका छन् र ती सबै बारे विस्तृत र निष्पक्ष छानवीन गरेर सम्बन्धित व्यक्तिहरुलाई उनीहरुले गरेका अपराध अनुसार सजाय हुनुपर्दछ । हामीले लगातार त्यसका लागि आवाज उठाउँदै आएका छौं र अहिले पनि त्यस प्रकारको आवश्यकतामा जोड दिन्छौं ।

माओवादी र तात्कालिन सत्ता पक्षद्वारा गरिएका दुवै प्रकारका कार्यहरु बारे एउटा अर्को दृष्टिले पनि विचार गर्नुपर्ने आवश्यकता छ । कुमार लामाद्वारा गरिएको दमनकारी कार्य तत्कालीन निरंकुश शासन अन्तर्गत गरिएको थियो, अब त्यो व्यवस्थाको अन्त भइसकेको छ । तर डेकेन्द्रराजको कारवाहीको प्रकृति त्योभन्दा बेग्लै र गम्भीर प्रकारको छ । कुमार लामा अब आफ्नो त्यो बेलाको कार्यलाई निरंतरता दिन सक्ने अवस्थामा छैनन् । तर माओवादीले पुनः पत्रकारहरुलाई धम्की दिने कार्यहरु गरिरहेका छन् । माओवादीका दुवै पक्षहरु, एमाओवादी र नवगठित माओवादी, दुवैले डेकेन्द्रराजका हत्यारालाई गिरफ्तारीको विरोध गरेका छन् । पछिल्लो समाचार अनुसार उनीहरुका दुवै पक्षहरुले केन्द्रीय स्तरमा पनि त्यो गिरफ्तारीको विरोध गरेका छन् । त्यसले उनीहरु अहिले पनि सामाजिक फासिवादी प्रकारको कार्यप्रणालीको पक्षमा भएको कुरालाई बताउँछ । तर जहाँसम्म कुमार लामाको प्रश्न छ, त्यो अब इतिहासको विषय भइसकेको छ र उनी अब आफ्नो कारवाहीलाई निरन्तरता दिनेसक्ने अवस्थामा छैनन् । त्यसैले कुमार लामाको भन्दा डेकेन्द्र थापाको मुद्दा बढी गम्भीर बन्न जान्छ ।

माओवादी र तत्कालीन सत्ता पक्षका बीचमा सम्झौता भएपछि उनीहरुद्वारा एक अर्कामाथि भएका आक्रमण, हत्या, अंग�भंगको विवाद टुंगिन्छ । तर दुवै पक्षहरुद्वारा निर्दोष जनतामाथि भएका विभिन्न प्रकारका अपराधजन्य कारवाही र मानव अधिकारको हनन्का कार्यहरु सम्बन्धी विवाद त्यो बेला माओवादीको बीचको शान्ति सम्झौता, सरकारले निर्णय गरेर उनीहरुलाई सफाइ दिंदैमा वा सर्वोच्च अदालतले उनीहरुको मुद्दा फिर्ता लिंंंदैमा त्यो कुरा टुंगिन्न । त्यसकारण जबसम्म दोषिलाई सजाय हुन्न, त्यो मुद्दा जीवित रहन्छ । अहिलेको सरकारले त्यसबारे कारवाही नगरे पनि पछि बन्ने सरकारहरुले पुनः त्यसबारे कारवाही चलाउने अधिकार हुन्छ वा अन्तर्राष्ट्रिय कानून अनुसार अन्य देशहरुमा पनि त्यसबारे कारवाही चलाउने अधिकार रहन्छ । अन्तर्राष्ट्रिय राजनीतिमा त्यस प्रकारका थुप्रै उदाहरणहरु पाइन्छन् । 

माओवादीहरुले गरेका त्यस प्रकारको सामाजिक फासिवादी प्रकारको कार्यप्रणालीद्वारा हाम्रो पार्टी पनि बारम्बार पीडित हुने गरेको छ । विभिन्न जिल्लाहरुमा हाम्रा साथीहरुमाथि कुटपिट गर्ने, अंगभंग गर्ने, अपहरण, हत्या आदि गर्दै आएका छन् । कतिपय जिल्लाहरुमा कतिपय साथीहरुलाई ज्यूँदै घाँटीसम्म गाडिएको थियो । त्यस सिलसिलामा का. कमल अधिकारीको हत्या विशेष रुपले उल्लेखनीय छ । संविधानसभाको चुनावका सिलसिलामा माओवादीले उहाँको हत्या गरेका थिए र पछि त्यो हत्यामा संलग्न व्यक्तिहरु गिरफ्तार भएका थिए । उनीहरुका विरुद्ध अदालतमा मुद्दा समेत दायर भएको थियो । तर पछि प्रचण्ड सरकारको कार्यकालमा नै त्यो मुद्दालाई फिर्ता लिएको थियो । त्यो मुद्दाका अभियुक्तहरु जेलमुक्त भएपछि माओवादीहरुले फुलमाला र अबिर सहित उनीहरुलाई स्वागत गरेका थिए ।

कुमार लामालाई बेलायतमा गिरफ्तार गरिएको छ । तर सरकारले उनलाई छुटाउन पूरै शक्ति लगाइरहेको छ । कपिलवस्तुको अदालतको फैसाला कार्यान्वयन गर्न सरकारले ५ वर्षसम्म कुनै कारवाही नगरेको कुराबाट सरकारको वास्तविक नियत उनलाई सजाय नगर्ने नै भएको कुरा प्रष्ट हुन्छ । डेकेन्द्र थापाको हत्यामा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरिएको भए पनि उनीहरुलाई सजायँ हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । अहिले नै माओवादीहरुले त्यो गिरफ्तारीको विरोध गर्न थालेका छन् । सरकारले प्रहरी वा सरकारी वकिललाई निर्देशन दिएर मुद्दा कमजोर पार्न सक्दछन् वा, उनीहरुको गतकालको कार्यप्रणाली माथि विचार गर्दा, माओवादीको सरकारले पुनः मुद्दा फिर्ता लिने निर्णय गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यसकारण बेलायतमा गिरफ्तार भएका कुमार लामा वा डेकेन्द्र थापाको हत्यामा संलग्न व्यक्तिहरु माथि उनीहरुको अपराध अनुसार कारवाही नगरिने सम्भावना माथि ध्यान दिंदै त्यस प्रकारका व्यक्तिहरु माथि अपराध अनुसार दण्डसजायका लागि व्यापक जनदवावको सिर्जना गर्नुपर्ने आवश्यकता छ ।

माओवादीहरुले विभिन्न अपराधजन्य कारवाही वा मानव अधिकारको हनन्का लागि जिम्मेवार व्यक्तिहरुलाई बचाउने मात्र प्रयत्न गरिरहेका छैनन्, त्यस प्रकारको अपराधहरुका लागि जिम्मेवार तत्कालीन सत्ता पक्षका व्यक्तिहरुमाथि पनि कुनै कारवाही नगर्ने र उनीहरुलाई बचाउने प्रयत्न गरिरहेका छन् । कुमार लामाको सन्दर्भमा कपिलवस्तुको अदालतले ५ वर्ष पहिले गरेको फैसलालाई अहिलेसम्म कार्यान्वयन नगरेको र अहिले उनलाई बचाउन गरिएको प्रयत्न त्यसको एउटा सानो उदाहरण हो । माओवादीको नेतृत्वको सरकारले त्यस प्रकारका कैयौं व्यक्तिलाई पदोन्नती गर्ने वा ठूला ठूला जिम्मेवारीहरु दिने गरेका छन् । माओवादीहरुलाई यो कुराको डर छ, तात्कालीन सत्तापक्षका त्यो बेलाका अपराधजन्य कारवाहीहरुका विरुद्ध कारवाही चलाउँदा स्वयं उनीहरुको पक्षका अपराधजन्य कारवाहीहरुका लागि जिम्मेवार व्यक्ति माथि पनि कारवाही चलाउनु पर्ने हुन्छ । माओवादीहरुले त्यस प्रकारको अपराधहरुका लागि अदालतमा मुद्दा चलिरहेका कैयौं व्यक्तिहरुका विरुद्धका मुद्दाहरु फिर्ता लिएका छन्, कतिपय सर्वोच्चले दोषी ठहराएर फैसला दिएका व्यक्तिहरुलाई पनि जिम्मेवारी दिने वा उच्च पदमा राख्ने गरेका छन् । त्यसरी माओवादीको सत्ता नै दण्डहीनताको स्रोत र संरक्षक बनेको छ । त्यही प्रकारको पृष्ठभूमिमा नै अहिले सरकारले कुमार लामालाई बचाउने प्रयत्न गरिरहेको छ वा माओवादीहरुले डेकेन्द्र थापाका हत्यामा संलग्न व्यक्तिहरुको गिरफ्तारीका विरुद्ध आवाज उठाइरहेका छन् । यस सन्दर्भमा उनीहरु द्वारा उठाइएको देशको राष्ट्रियता र सार्वभौमिकताको कुरा पनि हास्यास्पद छ । जसले अहिले विदेशी शक्तिहरुसित मिलेर चौतर्फीरुपमा देशको सार्वभौमिकता र राष्ट्रिय हितहरुमाथि आघात गर्ने कामहरु गरिर&#23