संविधानसभा चुनावमा एमालेका चर्चित नेता नेता केपी ओलीलाई झापामा पराजित गर्ने माओवादी पूर्वसभासद् विश्वदीप लिङ्देनलाई नेकपा माओवादीले पार्टी र सबै जनबर्गीय संगठनबाट निकालिए/वैद्य पक्षले कारवाही गरेपछि अशोकराईको संघीय समाजवादी पार्टीमा प्रवेश गर्ने तयारी
संविधानसभा चुनावमा एमालेका चर्चित नेता नेता केपी ओलीलाई झापामा पराजित गर्ने माओवादी पूर्वसभासद् विश्वदीप लिङ्देनलाई नेकपा माओवादीले पार्टी र सबै जनबर्गीय संगठनबाट हटाएको छ । लिङ्देन वैद्य पक्षयीय लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष एवं कोचिला राज्य सचिवालयमा कार्यरत् थिए ।
लिम्बुवान मोर्चाका अध्यक्ष धु्रब आङ्देम्बे र महासचिव कमल चोङबाङद्वारा शनिबार जारी विद्दप्तिमा लिङदेनले संगठनको पदीय मर्यादा भन्दा बाहिर गएर आर्थिक अनियमितता गरेको र उनी बस्दै आएको दमक बजारस्थित विवादित निजी निवाससम्बन्धी सत्यतथ्य र यथार्थ कुरा संगठनलाई स्पष्ट पार्न आग्रह गर्दासमेत चित्त बुझ्दो स्पष्टीकरण दिन नसकेको हुनाले साधारराण् सदस्य समेत नरहने गरी हटाइएको उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ-