अन्यौलग्रस्त राजनीतिक अन्त्य र जनपक्षिय संबिधानको माग गर्दै बुटवलमा गरिएको रिले अनसन सकियो/दबाब कार्यक्रम जारि रहने

– कृष्ण खनाल /कृष्ण पाण्डे
बुटवल –  अन्यौलग्रस्त राजनीतिको अन्त्य र जनपक्षिय संबिधानको माग गर्दै गत पौष २३ गतेबाट रुपन्देहिको मणिग्राममा सुरु भएको रिले अनसन आज सकिएको छ । 
स्वाभिमान युवा संजाल रुपन्देहिको आयोजनामा संचालित रिले अनसनको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । 
अनसनको समापन संगै राजनितिक निकाश र संबिधान निर्माणका लागि युवाहरुले अन्य दबाब मुलक कार्यक्रम जारि राख्ने कार्यक्रमका बक्ताहरु उद्घघोष गरेका छन । सर्वसाधारण नागरिकको पिडा सुन्ने निकायको अभाब रहेको भन्दै सबै नेपालिको चाहना राजनीतिक  निकाश र संबिधान निर्माणको मुद्दा नटुगिंदा सम्म दबाब अभियान जारि रहने आयोजक स्वाभिमान युवा संजाल रुपन्देहिका संयोजक प्रकाश गौतमले बताए । 
सत्ता केन्द्रित राजनीति गर्दै आएका दलहरुलाई शान्ति र संबिधानको बाटोमा केन्द्रित गराउन देशभरका युवाहरुलाई दबाब अभियानमा एकत्रित गदै जिल्ला स्तरिय हस्ताक्षर अभियान गरिने गौतमले समापन कार्यक्रममा जानकारि दिए । 
राजनीतिक दलहरुले नागरिकको भाबना बिपरित सत्ता केन्द्रित राजनितिक गर्दै जाने हो भने नेपालका राजनीतिक दलहरु जनताबाट एक्लिदै जाने नागरिक समाज नेपाल रुपन्देहिका अध्यक्ष बाबुराम भण्डारिले बताए । 
त्यस्तै समापन कार्यक्रममा बोल्दै नागरिक सचेतना संजाल रुपन्देहिका संयोजक डिबि खातिले युवाहरुले राजनीतिक निकाश र संबिधान निर्माणका लागि सुरु गरेको दबाब अभियानको प्रशंसा गरे । दबाब स्बरुप गरिएको अनसन प्रति स्थानिय राजनीतिक दलहरुले कुनै वास्ता नगरेको भन्दै खातिले आक्रोश ब्यक्त गरे । पत्रकार हरिष ढकालले सत्ता केन्द्रित राजनीतिले नेपालमा राजनीतिक सहमति हुन-नसकेको बताए । 
Photo8
स्वाभिमान युवा संजालका सह-संयोजक नबिन पन्तको संचालनमा भएको समापन कार्यक्रममा स्थानिय संघ संथाका प्रतिनिधि, र्सबसाधारण, संचारकर्मि लगायतको उपस्थिति रहेको थियो । स्वाभिमान युवा संजालले ४ दिनका लागि आयोजना गरेको रिले अनसनमा स्थानिय संघ संथाले पनि ऐक्यबद्धता जनाए पछि ४८ धण्टाका लाग थप भएर शनिबार सम्मका लागि लम्बिएको हो । 
अनसनमा नागरिक समाज नेपाल रुपन्देहि, कम अन युथ स्टाण्ड अप बुटवल,प्रभात युथ क्लब मणिग्राम,मालिका फ्रेण्स् क्लब गुल्मी,नव ज्योति युथ क्लब गुल्मी,नेपाल शिक्षक सघं नेपाल राष्टिय शिक्षक संघ लगायतका संथाले पनि ऐक्यबद्धता जनाएका थिए ।