काँग्रेस-एमाले एमाओवादीको पासोमा परेकोले राष्ट्रपतिले सबै अध्यादेश रोक्नु पर्ने राजमो अध्यक्ष केसीको धारणा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले विपक्षी दल कांग्रेस-एमाले सधैँ एकीकृत माओवादीको पासोमा पर्दै आएको वताउनु भएको छ । काँग्रेस-एमालेले एमाओवादीको रणनीति बुझ्न नसकेकाले पनि उनीहरु जानाजान माओवादीको पासोमा बल्झिने गरेको केसीको टिप्पणी छ । केसीले काँग्रेस-एमाले राष्ट्रपतिवाट आश गर्नु भन्दापनि एमाओवादीले जेजे नयाँ एजेन्डा फाल्छ, त्यही एजेन्डा बोकेर हिँड्ने गरेकाले सहमति जुट्न नसकेको वताउनुभयो ।
अध्यक्ष केसीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सजिलै राजीनामा नदिने भएकाले विपक्षी दल आन्दोलनमा जानुको विकल्प नरहेको वताउनुभयो । उहाँले भन्नुभयो,