देशको जारी राजनीतिक गतिरोध अन्त्य गरी सहमतिय सरकार गठन गर्न राष्ट्रपति डाक्टर रामबरण यादवले दिएको नवौं पटकको समयसीमा पनि व्यर्थै सकिदै छ ।
दलहरुले पुस मसान्तसम्ममा सहमति गरी गतिरोध अन्त्यगरी सहमतिय सरकार गठन गर्ने प्रतिवद्धता जनाएपनि यसपाली पनि विगत जस्तै औपचारिक छलफल पनि नभई निर्धारित अवधि गुज्रिएको हो ।
राष्ट्रपति यादवलले सहमति गर्न नसकेका कारण अबको छलफलमा अन्य विकल्पका विषयमा पनि दलहरुको राय माग्नुहुने शीतल निवास स्रोतले जनाएको छ । आज सम्मको समयमा दलहरुले सहमति गर्न नसकेपछि राष्ट्रपतिले भोलि दलहरुसँग फेरि छलफलको तयारी गर्नुभएको छ । दलहरू आ-आफ्नै अडानमा कायमै रहेपछि सहमति जुट्न पनि सकिरहेको छैन ।