आज माघे संक्रान्ति पर्व- घ्यु,चाकु, अघिल्लो दिनमा उसिनेको तरुल,मासको फुलौराको साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाएर धूमधामसँग मनाईदै

आज माघे संक्रान्ति पर्व । घिउ, चाकु, तरुल,तिलको लड्डु, सागपातजस्ता पोसिलो खानेकुरा खाएर यो पर्व मनाईन्छ । यस दिनदेखि सूर्य मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ । यस अवसरमा आज देवघाटलगायतका देशका ठूला नदी किनारहरुमा माघे संक्रान्ति मेला लागेको छ ।
माघी मनाउन पुस मसान्तको रात महिलाहरु जागराम वस्ने र धुमरु गीत गाउने गर्दछन् । माघे सक्रान्तीका दिन विहानै पुरुषहरु नजिकैको खोला, नदी वा तालमा स्नानका लागि जान्छन भने महिलाहरु चालमको पिठोवाट वनाईने विषेश परिकार ढिक्री र अन्य परिकारहरु तयार पार्दछन् । उज्यालो भएपछि सवै जनाले आफ्नो मान्यजनवाट टिका र आशिर्वाद थाप्नुका साथै मिठो मिठो परिकार खाने र खुवाउने प्रचलन छ ।
नेपालको विभिन्न भागमा रहेका आदिवासीको रुपमा परिचित थारु जातीको महान पर्व माघी आजदेखि सुरु भएको छ । एक हप्तासम्म चल्ने यो पर्व मध्य तथा सुदर पश्चिमको दाङ बाँके, वर्दिया, कैलाली र कन्चनपुरमा ठाँउ अनुसार फरक-फरक रुपले मनाउने गरिन्छ ।
वर्ष भरी कामका लागि घरवाहिर गएकाहरु पनि माघी कै लागि घर र्फकन्छन् भने माघीमा वर्ष भरी गाँउ ठाँउमा गरीने नयाँ कामका लागि समूहगत रुपमा छलफल गरी नितीनियम समेत वनाउने प्रचलन रहेको छ । सक्रान्तीको दोश्रो दिन माघीमा वनाईएका विभिन्न परिकारहरु आफ्नो चेलीवेटीको घरमा पुर्‍याउने गरिन्छ । त्यसका साथै माघीका गित गाँउदै र नाच्दै रमाईलो गर्ने गरिन्छ ।
माघे संक्रानितको स्नान गर्न हजारौ तर्थिालुहरु नदी किनारमा पुगेका छन् । उपत्यकाको नेवार समुदायमा भने ती खाद्य पदार्थहरुको साथै सम्येवजी(चिउरा), पोलेको मासु, साँधेको कालो भटमास, अदुवा, रक्सी र माछाको सिद्रा खाने गरिन्छ । गाँउघरमा भने घिउ, चाकु, अधिल्लो दिनमा उसिनेको तरुल, मासको फुलौराको साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाने चलन छ ।
विशेष गरेर घिउ र चाकु खाने भएकाले नेपाल भाषामा घिउ चाकु सल्हु भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीको साथै एक प्रकारको पाटने पालुङ खाने चलन छ । यस पर्वमा तिलको अत्याधिक प्रयोग गरिने र दानसमेत गर्ने भएकाले यस पर्वलाई हामो संल्हु अर्थात तिल संक्रान्ति पनि भनिन्छ । यस पर्वमा जीउभरि तेल घसेर दिनभरि घाम ताप्ने चलन पनि छ । थारु समुदायमा आजको दिनलाई माघीको रुपमा मनाउने चलन छ । थारु समुदायले माघीलाई नयां काम खोज्ने अबसरको रुपमा दिने गरेका छन् ।
गणतन्त्र स्थापना भए यता माघीमासमेत सरकारले एक दिन सार्वजनिक विदा दिन थालेको छ तर थारु समुदायले भने ३ दिन सम्म सार्वजनिक विदा दिन माग गर्दै आएका छन् । पछिल्लो समयमा थारुजातीको भेषभुषा र रहन सहनमा र परम्परामा आएको परिवर्तनवाट स्वयम थारुहरु नै चिन्तित देखिएका छन् ।