– प्रेमनारायण आचार्य
प्रेस चौतारी नेपाल अर्घाखाँचीको अयोजनामा एक हप्ते आधारभुत पत्रकारिता तथा रेडियो उदघोषण तालिम आज सन्धिखर्कमा सम्पन भएको छ ।
तालिमको समापन समारोहमा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गगन विष्ट पछिल्लो समयमा बिभिन्न समुह दलहरुबाट पत्रकारमाथी भएको ठाडो हस्तक्षेपले स्वतन्त्र पत्रकारीतामा असर पुगेको बताउनु भयो ।
उहाले जब सम्म प्रेस स्वतन्त्र हुदैन तब सम्म लोकतन्त्रको संस्थागत बिकास हुन नसकेको बताउदै राजनितिक आस्थाको आधारमा भन्दा पनि पत्रकारको हक र अधिकारका निम्ती सम्पूर्ण पत्रकारहरु एकजुट हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रेस चौतारीका उपाध्यक्ष राजेन्द्र अर्याल, एमालेका जिल्ला सचिबालय सदस्य प्रेमनारायण गैरे,प्रेस चौतारीका केन्द्रिय सदस्य मुकेस पोख्रेल,नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिब प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए ।
पत्रकारीता तर्फबढ्दै गैरहेको आकर्षणलाई ध्यानमा राखी ब्यबसायीक पत्रकारीताको बिकास गर्न तालिमको आयोजना गरिएको प्रेस चौतारी
अर्घाखाँचीकी अध्यक्ष पार्बता श्रेष्ठले बताउनु भयो । कार्यक्रम नारायण भुसालको संचालनमा सम्पन्न भएको हो ।
३५ जनाको सहभागीतथा रहेको तालिमको सहजीकरण पत्रकार डि.आर. घिमिरे, दुर्गाप्रसाद शर्मा , शेरबहादुर के सी , प्रदीप आचार्य, बिनोद धौलागिरी लगायतले प्रशिक्षण दिएको प्रेष चौतारीले जनाएको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।