डेकेन्द्र हत्या अभियुक्तको बयान नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियुक्तहरुको बयान नरोक्न अन्तरिम आदेश दिएको छ ।
बयान रोक्न महान्यायाधीवक्ता मुत्ति प्रधानले दिएको लिखित आदेश खारेजको माग गर्दै अभिवक्ता गोविन्द बन्दीले दायर गरेको रिटमा न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले बयान नरोक्न र अनुसन्धान जारी राख्न जिल्ला प्रहरी कार्यालय र सरकारी वलिकको कार्यालय दैलेखलाई आदेश दिएको हो ।
रिटमा महान्यायाधीवक्ता प्रधानको निर्देशन अन्तरिम संविधान र सरकारी मुद्धासम्न्धी ऐन विपरित भएको दावी गरिएको छ । रिटमा प्रधानमन्त्री, महान्यायाधीशवक्ता, महान्यायाधीशवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय, सरकारी वकिलको कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखलाई विपक्षी बनाइएको छ । 
थापाको हत्या आरोपमा ५ माओवादी कार्यकर्ता पक्राउ परेपछि महान्यायाधीशवक्ता प्रधानले बयान रोक्न लिखित निर्देशन दिनु भएको थियो ।