राष्ट्रिय सहमतिको निम्ति सरकार र एमाओवादी बाधक बनेको ठहर गर्दै विपक्षी गठबन्धन आउदो शनिबारबाट सडक आन्दोलन मा उत्रिने भएको छ । एमाले मुख्यालय बल्खुमा मंगलबार बसेको गठबन्धनको बैठकले पहिलो चरणमा माघ ६ गतेदेखि २६ गते सम्मका आन्दोलन का कार्यक्रमा सार्वजनकि गरेको छ ।
गठबन्धनले माघ १९ लेखि २६ सम्म मुलुकका प्रमुख शहरहरुमा ठूला आमसभा र विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । आन्दोलन मा उत्रिने घोषणा गरेको छ ।
विपक्षी गठबध्नले माघ ६ गते पत्रकार डेकेन्द्रराज थापाको हत्याका विरुद्ध दैलेख सदरमुकाममा आन्दोलन कारी राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थितिमा विरोध प्रर्दशन तथा विरोध सभा आयोजना गर्ने । जनाएको छ । माघ १२ गते देशका सबै जिल्ला सदरमुकामहरुमा संयुक्तरुपमा विरोध प्रर्दशन तथा विरोधसभा आयोजना गर्ने, शहीद सप्ताह (माघ १० देखि १६ गते) लाई शहीद दिवसका साथै वर्तमान काम चलाउ सरकारको निरंकुशताको प्रतिरोध सप्ताहका रुपमा मनाउने निर्णय पनि विपक्षीहरुको छ ।
शहीद दिवसका दिन माघ १६ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने उनीहरुको कार्यक्रम छ ।
१९ गते बागलुङ, २० गते विराटगर २१ मा नेपालगञ्ज, २२ मा पोखरा, २३ मा धनगढी, २४ मा जनकपुर, २५ मा भैरहवा र २६ गते शनिबार काठमाडौंमा ठूला आमसभा र विरोध प्रदर्शन गर्ने विपक्षीहरुले जनाएका छन् ।
मुख्य कार्यक्रमहरुसंग नजुध्ने गरी भातृ संगठनहरुलाई पनि पनि आफ्ना कार्यक्रहरु तय गर्न उनीहरुले निर्देशन दिएका छन् ।