– उमाकान्त पाण्डे गाउंले
(दुबइ) माघ ३ – लामो समय सम्म बिद्युत आपुर्ती हुन नसक्दा अर्घाखाँची पुरै अन्धकार भएको छ । सर्वसाधारणले सास्ती भोगेका छ्न । बिजुली बत्ती नहुँदा बत्ती बाल्न मात्र होइन मोटर लगाएर खिच्ने पानी पनि पर्योग गर्न नसकिने अवस्थामा पुगेको छ । बिद्युत हुने र सधैं जसो बिजुली बाट बत्ती बालिरहेकाले मट्टितेलको जुहार नगरि बसेकोले अहिले टुकी समेत बाल्न पाएका छैनन ।
जिल्ला बासी अहिले अन्धकारमा छन । जिल्ला पूर्ण रुपमा संपर्क बिहिन भएको छ । घरका टेलीफोन तथा मोबाइल मा संपर्क हुन सकेको छैन । बिद्युत नहुँदा चार्ज गर्न नपाए पछी सबै फोन संपर्क हुन नसकेको हो । जिल्लामा सन्चालित दुई रेडियो बन्द छन । बजार सुनसान छ । उधोग कलकारखाना ठप्प छन । व्यापार व्यवसाय गर्नेहरुलाई मर्का परेको छ । जाडोको समय भए पनि आइसक्रिमको व्यापार व्यवसाय गर्दै आएका व्यापारी बसन्त खड्काले सन्चय गरी राखेको सबै आइसक्रिम पग्लिएर नोक्सान भएको जानकारी दिए ।
अर्घाखाँची डट्कम् ले भने जिल्ला समाचार बाहेक अन्य समाचारलाई निरन्तर रुपमा प्रकाशन गरिरहेको छ । यधपी जिल्लामा बिद्युत नहुँदा नियमैत संपर्क हुन नसकेकोले जिल्ला प्रतिनिधि मार्फत आउनु पर्ने समाचार आउन नसकेको अर्घाखाँची डट्कम् सम्पादकिय मन्डलले उल्लेख गरेको छ ।
घरघरमा पानीको समस्या थपिएको छ । ट्याकींमा पानी सकंलन गर्न पनि बिजुलीको अभाबमा सकंलन गर्न नसक्दा बजारमा पानीको अभाब भएको छ । होटल व्यवसायीलाई समेत मर्का परेको छ । मोबाइल प्रयोग कर्ता युवायुवती लाई झन समस्या थपिएको छ । लोडसेडिङ मुक्त जिल्लाको रुपमा चिनिने अर्घाखाँचीमा प्युठानको झिमरुक जलबिद्युत बाट बिद्युत आपुर्ती हुने गर्थ्यौ । प्युठानमा रहेको झिम्रुकमा लोडसेडिङविरुद्धको आन्दोलनमा आगजनी गरेको भन्दै झिमरुक विद्युत उत्पादन बन्द गरिँदा चौतर्फी समस्या उत्पन्न भएको हो । खानेपानी लगायतमा वैकल्पिक व्यवस्था नहुँदा समस्या देखिएको हो ।
“घर बाट २१ डिसेम्बर यता न फोन छ न मिसकल संपर्क हुन सकेको छैन ,यहाँ बाट संपर्क गर्न खोज्दा पनि संपर्क हुन सकेको छैन, अर्घाखाँची डट्कम् ले पनि खासै केही समाचार प्रकाशन गरेको छैन खै कसरी थाहा पाउने ? के भयो जिल्लामा रोजगारीका लागि सम्युत्त अरब एमिरेट्स को आबुधाबी पुगेका अर्घाखाँची मथुराका पिताम्बर न्यौपानेले डट्कम् सग गुनासो गरे । यस्तै गुनासोको ईमेल तथा फेसबूक म्यासेज हरु अर्घाखाँची डट्कम् लाई हजारौ प्राप्त भएका छन ।
रोजगारीका लागि दुबइमा कार्यरत अर्घाखाँची वाङ्लाका आनन्द भुसालले पनि घरमा संपर्क हुन नसक्दा चिन्ता ब्यत्त गरे । जेनतेन कहिले कसो लाइन आयो भन्नुहुन्छ मोबाइल पूर्ण चार्ज गर्न नपाउदै जान्छ रे , जमाना पुनह: उधो गती तर्फ फर्किदै छ कि कसो ? उनले अर्घाखाँची डट्कम् सगं गुनासो गरे ।
बीटीएस टावरहरु बन्द हुँदा जिल्लाको अधिकांस स्थानमा नमस्ते,स्काइ मोवाइल बन्द भएको हो । विद्युत अवरुद्ध भएपछि जिल्लामा खानेपानीको हाहाकार भएको छ । जिल्लाका अधिकांस पुराना खानेपानी आयोजनाहरुको मुल सुक्दै गए पछि सञ्चालनमा ल्याइएका लिप्टिङ खानेपानी आयोजनाहरु सञ्चालन नहुँदा खानेपानीको हाहाकार भएको हो ।
बिद्युत बन्द हुँदा जिल्लामा प्रत्यक्ष असर परेको छ ।अर्घाखाँची जिल्ला लोडसेडिङमुक्त जिल्ला भएकाले आयोजनाहरुले बैकल्पिक उपायको तयारी नगरेकाले यस्तो अवस्था श्रृजना भएको हो ।
जिल्लामा बिद्युत सेवा नहुँदा सबैलाई असजिलो भएको छ । प्रमुख जिल्ला अधिकारि गोबिन्द मणीभुर्तेलले त काँचो चाउचाउ खाएर गुजारा गर्न थाले रे हामीले पनि त गुजारा चलाऊनै पर्यौ व्यवसायी खड्काले भने । दिनमा २ घण्टा जती बिजुली आउने जाने हुन्छ कहाँ बाट आउछ कहाँ बाट जान्छ पत्तै छैन खड्काले भने ।
गत दुई हप्ता अघी भएको लोडसेडिङबिरुद्धको आन्दोलनमा बुटबल पावर कम्पनी कार्यालय कर्मचारी आवास क्षेत्रमा भएको आगजनीको बिरोधमा बुटवल पावर कम्पनीले झिमरुक बिद्युत उत्पादन केन्द बन्द गराएपछि जिल्लामा विद्युत बन्द भएको हो । गत दुई हप्ताको मंगलबारदेखि नै बुटवल पावर कम्पनीसँग सर्बपक्षीय वार्ता गरी बिद्युत सञ्चालन गराउने प्रयास असफल भए पछी प्युठान रोल्पा र अर्घाखाँची बिद्युत बिहिन बनेको प्युठानका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताए ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।