पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री राजा परवेज अशरफ कियानीलाई २४ घण्टाभित्र गिरफ्तार गर्न आदेश दिएको छ । प्रधानमन्त्री असरफ उर्जा तथा पानी मन्त्री हुँदा सन् २००६ देखि २००८ बीचमा रेन्टल पावर प्रोजेक्टको ठेक्कापट्टामा भ्रष्टाचार गरेको ठहरगर्दै सर्वोच्च अदालते उनीसहित १६ जनालाई २४ घण्टा भित्र पक्राउ गर्न आदेश दिएको हो ।
प्रधानन्यायाधीस इफितखार मोहम्मद चौधरीसहित तीन सदस्यीय ईजलासले यस्तो आदेश दिएको हो । उक्त ठेक्कापट्टा प्रकरणको छानविन गरिरहेको राष्ट्रिय जवाफदेहिता व्यूरोको रिपोर्टलाई आधार मान्दै प्रधानमन्त्री विरुद्ध यस्तो पैmसला दिएको हो ।
प्रधानमन्त्रीमाथि रेण्टल पावर प्रोजेक्टको ठेक्कापट्टाका क्रममा करोडौ भ्रष्टाचार गरेको आरोप लगाईएको छ । सो योजनामा ९ वटा कम्पनीलाई २२ सय करोडको ठेक्का दिइएको थियो तर आयोजना पूरा ढिला शुरु भएको र पूरा पनि नभएको बताइएको छ ।
सर्वोच्च अदालतको यो पैmसलासँगै पाकिस्तानमा राजनीतिक संकट पैदा हुने अनुमान गरिएको छ । सत्ताधारी दलका नेताहरुले भने पुनरावलोकनका लागि आग्रह गरिने जनाएका छन् ।