राष्ट्रपतिको भावी योजना बारे प्रचण्डको आशंका/शीतलनिवासमा नबोलाइएको भन्दै सानादल आक्रोशित

राष्ट्रपतिले बहुमतका नाममा कांग्रेसलाई सरकारको नेतृत्व दिन खोजेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले आशंका व्यक्त गर्नुभएको छ । सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनको बैठकमा प्रचण्डले राष्ट्रपतिको नियतमाथि यस्तो प्रश्न उठाउनुभएको हो ।
गठवन्धनमा सहभागी साना दलका नेताहरुले शीतलनिवासमा आफूहरुलाई नबोलाइएको भन्दै असन्तुष्टि जनाएपछि प्रचण्डले पछिल्लोपटक शीतल निवासमा बोलाइएका मध्ये बहुमत दलहरु कांग्रेस-एमालेको पक्षमा रहेको भन्दै बहुमतका नाममा कांग्रेसलाई त सरकारको नेतृत्व दिन लागिएको हैन भन्दै आफू पनि झस्किएको बैठकमा बताउनुभयो । गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।