– शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची – राष्ट्रिय बाणिज्य बैंक जनताको बीचमा लोकप्रिय रहेको भन्दै एक कार्यक्रमका सहभागि वक्ताहरुले बैंकिङ्ग सेवा र सुविधा विस्तारमा जोड दिएका छन् ।
बाणिज्य बैंक स्थापनाको ४८ औँ वर्ष प्रवेशको अवसर पारी बाणिज्य बैंक साखा कार्यालय सन्धिखर्कद्धारा आयोजीत प्रवचन कार्यक्रमका सहभागी वक्तारुले नाफामुखी भन्दा पनिस ेवामुखी भएर अगाडी बढ्न बैंकलाई आग्रह गरे ।
देशमा बैंक खोल्नेहरुको होडबाजी सुरु भएको बताउँदै वक्ताहरुले ग्राहकको चाहना अनुसारको सुविधा प्रदान गर्न बैंकहरुको ध्यानाकर्षण गराएका छन् । यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेल, स्थानीय विकास अधिकारी हेमराज भुसाल, उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।
राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रबन्धक जगत प्रसाद आचार्यको अध्यक्षता र गोपाल प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उद्योग बाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसाल, पाणिनी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख ज्ञान बहादुर क्षेत्री, बैंकका सहायक प्रबन्धक सुर्य प्रसाद भुसालले मन्तव्य राख्नु भएको थियो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।