दोलखामा एकीकृत माओवादी र विपक्षीहरुवीच झडप, विरोध प्रदर्शन

दोलखा । महान्यायाधिबक्ता मुक्ति प्रधानको जिल्ला दोलखामा एकीकृत माओवादी र विपक्षीहरुवीच झडपको संभावना बढेपछि सुरक्षा ब्यवस्थामा कडाई गरिएको छ ।

 

एकीकृत माओवादीको आज हुने जिल्ला अधिबेशनमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलगायतका नेताहरु जाने भएपछि विपक्षीले पनि विरोध प्रदर्शनको तयारी गरेका छन् ।

 

दैलेखमा एकीकृत माओवादीले आन्दोलनकारीमाथि गरेको दमनको विरोधमा कांग्रेस, एमाले लगायतका दलहरुले दोलखामा पनि प्रदर्शन गर्न लागेको हुन् । उनीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारी गरेका छन् ।

 

अशान्तिको संकेत देखिएपछि हिजो डाकिएको सर्वदलीय बैठक समेत निष्कर्षविहन भएको थियो । बैठकमा एकीकृत माओवादी नेतृ देबी खड्काले परि आए भिड्न तयार रहेको धम्की दिएपछि विपक्षीहरु आक्रोशित भएका थिए ।

 

– RSS